2 years ago
April 24, 2024
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ ।
लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।
एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित भएको केही दिनमै चेल्सीले आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ ।
गत साता आर्सनलका लागि पनि सुखद रहेन । लिगमा एस्टन भिल्ला सँग हारेको आर्सनल च्याम्पियन्स लिग क्वाटरफाइनलमा बार्यन म्युनिखसँग पराजित हुँदै बाहिरिएको थियो।
चेल्सीमाथि सानदार जितका साथ आर्सनलले लिगको उपाधि दौडलाई मजबुत बनाएको छ। घरेलु मैदान इमिरेट्समा टोलीलाई जित दिलाउन बेन ह्वाइट र काई हार्भेट्जले समान २ र अर्को गोल लियान्द्रो ट्रोसाडले गरे।
ट्रोसाडले चौथो मिनेटमा गोल गरेका थिए भने बाँकी गोल दोस्रो हाफमा निस्केको थियो। ह्वाइटले ५२ औं मिनेटमा गोल थपे।
हार्भेट्जले ८ मिनेटको फरकमा २ गोल (५७ र६५औं मिनेट) गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । ह्वाइटले ७० औं मिनेटमा गोल गरेपछि चेल्सीलाई खेलमा फर्किन कठिन बनेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]