default_image

2 years ago

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

784 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ ।

कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् ।

तेस्रो खेलमा दोस्रो खेल जितेको सुदूरपश्चिम ६ अंकसहित दोस्रो स्थानमा छ । मधेशले तेस्रो खेलमा दोस्रो खेल गुमाएको छ ।

कर्णाली शीर्षस्थानमा

दिनको पहिलो खेलमा समिक्षा मगरको २ गोलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको थियो । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ ।

छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । कोशी भने थप २ गोल गर्न सफल रहयो।

२औं मिनेटमा ममता रावतले कोशीको अग्रता दोब्बर गरिन् । त्यसपछि ९०औं मिनेटमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गरिन् । लिग छनोटमा समिक्षाको यो चौथो गोल हो । उनले यसअघि सुदुरपश्चिम प्रदेश विरूद्ध पनि २ गोल गरेकी थिइन् । कोशीकी समिक्षा प्लेयर अफ दी म्याच घोषित भइन् ।

कोशीले पहिलो खेलमा कर्णालीलाई ३–० र दोस्रो खेलमा सुदूरपश्चिमलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा हार बेहोरेको गण्डकीको ३ अंक छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.