2 years ago
April 28, 2024
एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ।
मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए।
३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरी भयो । उनले रोबर्ट टेलरको पासमा गोल गरेका हुन्। ६८औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै मियामीलाई २-१ को अग्रता दिलाए। त्यो गोलमा सर्जिलो बुस्केट्सको पास रह्यो ।
८३औं मिनेटमा मेस्सीको पासमा बेन्जामिन क्रेमास्चीले गोल गरे । ८८ औं मिनेटमा मेस्सीकै पासमा लुइस सुआरेजले गोल गर्दै मियामीलाई ४-१ को सहज जित दिलाए।
जितसँगै मियामी ११ खेलमा २१ अंकसहित शीर्ष स्थानमा छ। ९ खेलमा ४ अंकका साथ न्यु इङ्ल्यान्डको तालिकाको पुछारमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]