default_image

2 years ago

April 28, 2024

शीर्ष टोली कोशी रोकियो

907 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला लिग छनोट लिगको शीर्ष टोली कोशी प्रदेश बराबरीमा रोकिएको छ । अघिल्ला ४ खेलमा शत प्रतिशत जित निकालेको कोशीलाई आइतबारको दोस्रो खेलमा मधेश प्रदेशले गोलरहित बराबरीमा रोकेको हो ।

५ खेलपछि ४ जित र १ बराबरका १३ अंकसहित शीर्षस्थानमा यथावत छ । समान खेलमा ७ अंकसहित मधेश चौथो स्थानमा छ ।

तस्विर – अमित रावल

कर्णालीको तेस्रो जित

कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो ।

सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा आइतबार बिहान भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् ।

तस्विर -अमित रावल

१८ औं मिनेटमा सुनकलाले पहिलो र ३७ औं मिनेटमा गोल गर्दा कर्णालीले पहिलो हाफमा २–० को अग्रता बनायो । लुम्बिनीकी ममताले ६७ औं मिनेटमा गोल गर्दै अन्तर घटाइन् । सन्जिताले ७५ औं मिनेटमा गोल गर्दै कर्णालीलाई पुनः अग्रता दिलाइन् ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा वर्षाले गोल गर्दै कर्णालीको जितअन्तरलाई बढाइन्। चौथो खेलमा तेस्रो जितपछि ९ अंकसहित तेस्रो स्थानमा पुगेको छ । लुम्बिनी ३ अंकसहित पाँचौं स्थानमा छ । सहभागी ७ प्रदेशको लिग पछि शीर्ष ३ टोली अन्तिम चरणका लागि छनोट हुनेछन्।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.