2 years ago
April 28, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो ।
सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे ।
३२ औं मिनेटमा ग्भार्डियोलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ग्वार्डियोलले केभिन डी ब्र्युनको कर्नरमा हेडर मार्फत गोल गर्दै उनले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।
सिटीले दोस्रो गोल गर्न ७१ औं मिनेटसम्म कुर्नुपरेको थियो । हालान्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाउन डी ब्र्युनबाट पास प्राप्त गर्दै फरेस्ट डिफेन्सलाई बिट गर्दै अग्रता दिब्बर बनाएका थिए ।
जितसँगै सिटी ३४ खेलबाट ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यसअघि आफ्नो प्रतिद्वन्द्वी टोटनह्यामलाई ३–२ ले हराएको आर्सनल ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ ।
तेस्रो स्थानमा रहेको लिभरपुलले ३५ खेलबाट ७५ अंक जोडेको छ । फरेस्ट ३५ खेलबाट २६ अंकसहित १७ औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]