default_image

2 years ago

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

1784 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ ।

एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै खर्चमा जाने २० जनाले पनि व्यक्तिगत रुपमा नै भिसा प्रक्रिया, टिकट लगायत अन्य प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् ।

यस मैत्रीपूर्ण भ्रमणका लागि फिफाले टोलीमा रहेका ३० जनाको विमान भाडा बेहोर्ने तथा स्थानीय आयोजकले अन्य बसोबास लगायत खर्च बेहोर्दैछ । त्यस्तै ५ भीआइपीले आफैं टिकट गरेर जाँदा उनीहरुको बेलायतमा विभिन्न अफिसियल काम रहेकाले आयोजकले स्थानीय खर्च भने उठाउने सम्भावना छ । यसबाहेक १५ अतिरिक्त भ्रमणकर्ताले भने सम्पूर्ण आफैं खर्च बेहोर्नेछन् ।

अन्य १५ जनामा एन्फामहासचिव, प्रवक्ता, कार्यसमिति सदस्य, जिल्ला फुटबल संघका पदाधिकारी लगायत पत्रकार छन् ।

टोली मंगलबार विहान ९ बजे प्रस्थान गर्नुपर्ने भएपनि भिसा नआएका कारण हालसम्म होटेलमै रहेको छ । टोलीले उडान भर्न नपाएपछि एन्फा कम्प्लेक्समा आज विहान प्रशिक्षण पनि गरिसकेको छ ।

नेपालमा रहेको बेलायत दुतावासबाट भिसा प्रक्रिया नहुने हुँदा भिसा प्रक्रियाका लागि भीएफएस मार्फत दिल्लीमा भिसा लगाउनुपर्ने थियो । प्रक्रियाका लागि २ साता लाग्ने भनेपनि एन्फाले गत मंगलबार मात्र खेलाडीको बायोमेट्रिक गराएको तथ्य बाहिरिएको छ । एन्फाबाट कमजोरी भएपछि सोमबार साँझ बिदाइ कार्यक्रमपश्चात नेपालस्थित बेलयाती दुतावासले भिसा प्रक्रियाका लागि प्रयास भने गरिरहेको एन्फा स्रोतले जानकारी दियो ।

टोलीमा रहेका २३ खेलाडी:

किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ, फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी, अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

अफिसियल:

भिन्सेन्जो अल्बर्टो अनेसे (मुख्य प्रशिक्षक), प्रवेश कटुवाल (सहायक प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), उत्तम भण्डारी (व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), पुरुषोत्तम थापा मगर (अफिसियल), मनिष जोशी (हेड अफ डेलिगेट्स)

एन्फा भीआइपी:

पंकज विक्रम नेम्वाङ (अध्यक्ष), दीपक खतिवडा (उपाध्यक्ष), महेन्द्र क्षेत्री (कार्यसमिति सदस्य), विकास नारायण श्रेष्ठ (कार्यसमिति सदस्य), दामोदर भट्टराई (संयोजक/सहायक महासचिव)

अन्य १५ जना:

उमेश प्रधान – अनुशासन समिति

मनिराज विष्ट – कार्यसमिति सदस्य

सरिता श्रेष्ठ मलेकु – कार्यसमिति सदस्य

टिकाराम लामा – कार्यसमिति सदस्य

किरण राई – महासचिव

भरत बुढ थापा – कार्यसमिति सदस्य

विजय घले – सह महासचिव

राजु तामाङ – पत्रकार

नेपाल कार्की – मधेश प्रदेश फुटबल संघ

हेमराज राई – उदयपुर जिल्ला फुटबल संघ

विश्वराज राई –

सुरेश शाह – प्रवक्ता

हितमान गुरुङ –

इन्द्रराज जोशी – श्री भगवती क्लब

कौरव पाण्डे – दोलखा जिल्ला फुटबल संघ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.