default_image

2 years ago

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

829 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् ।

कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै दुई टोली फाइनल राउन्डका लागि छनोट भएको हो ।

सुर्खेतको कर्णाली प्रदेश रंगशालामा भएको दिनको दोस्रो खेलमा यशोदाकुमारी चिरालले आठौं मिनेटमा गरेको गोल सुदूरपश्चिमका लागि निर्णायक बन्यो ।

त्यसअघि बिहान मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ ले हराएको छ । सबै ६ खेल खेलेको मधेश १० अंकसहित तेस्रो स्थानमा छ । तेस्रो टोली पनि अन्तिम चरणका लागि छनोट हुनेछ । कर्णाली र मधेशमध्ये एउटा टोली लिगको अन्तिम चरणका लागि छनोट हुनेछ । चौथो स्थानको कर्णालीको ९ अअंक छ । गण्डकीको ६, लुम्बिनीको ३ र बागमती अंक बिहिन छ ।

मधेशलाई जित दिलाउन रजनी थोकरले २ गोल गरिन् । रजनीले ३८ औं मिनेटमा गोल गर्दै मधेशलाई अघि बढाईन् । दोस्रो हाफको पहिलो मिनेटमा लुम्बिनीका लागि प्रतिक्षा ठकुरीले बराबरी गोल फर्काइन् ।

७५ औं मिनेटमा रजनीले अर्को गोल गर्दै मधेशलाई पुनः अग्रता दिलाइन् । इन्ज्युरी समयको दोस्रो मिनेटमा अन्जना पुनले अत्मघाती गोल गरेपछि मधेशको गोलअन्तर बढेको हो । छनोट लिगमा सहभागी ७ मध्ये शीर्ष ३ टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । छनोटमा अबब अन्तिम ३ खेल बाँकी छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.