2 years ago
May 1, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो ।
१-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल गर्न सफल भयो ।
खेलको २४औं मिनेटमा रियलले भिनिसियस जूनियरको गोलबाट खेलमा अग्रता लिएको थियो । मिडफिल्डबट टोनी क्रुसले खेलेको अद्भुत थ्रु-पासमा राम्रो रन बनाएर भिनिसियसले बायर्न गोलरक्षक म्यानुएल नुएरलाई बिट गर्दै गोल गरेका थिए ।
तर दोस्रो हाफको सुरुवाती समयमा नै बायर्नले पुनरागमन गर्न सफल भयो । ५३औं मिनेटमा लिरोए सानेले एकल रन बनाएर गरेको शक्तिशाली प्रहारको मद्दतमा बायर्न खेलमा बराबरी गर्यो ।
त्यसको चार मिनेट पछि बायर्नले खेलमा अग्रता लियो ।लुकास भास्केजले बक्स भित्रबाट जमाल मुसीयालामाथि फाउल गरेपछि बायर्नले पेनाल्टी पाएको थियो । सो पेनाल्टीमा स्टार स्ट्राइकर ह्यारी केनले कुनै गल्ती गरेनन् ।
८३औं मिनेटमा रियलले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो । डिफेन्डर किम मिन-जेले रोड्रीगो माथि फाउल गरेपछि पाएको पेनाल्टीमा भिनिसियस चुकेनन् ।
यस टाईको दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नाबेऊमा अर्को हाफमा हुनेछ ।
यस्तै बुधबार राती दोस्रो सेमीफाइनल खेल अन्तर्गत पहिलो लेगमा पेरिस सेन्ट जर्मान र बोरुसिया डर्टमुण्ड भिड्ने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]