default_image

9 years ago

February 2, 2017

रुस्लान जावलाखेल भेट्रान फुटबलको एकै खेलमा १२ गोल

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लब र बगरभाई खलक पोखरा रुस्लान जावलाखेल भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै सानो गौचरन नाइट किङ्ग र सामाखुसी फुटसल पनि समूह बीबाट अन्तिम आठमा पुगेका छन् ।

vetrans-football
बिहीबार समूह सीमा बगरभाई खलकले दुई मध्ये एक खेल जित्यो भने अर्कोमा बराबरी गर्यो । क्लब मोसेसलाई १–० ले हराएको बगरभाई खलकले अर्को खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो । हिमाल थापाको गोलमा बगरभाई खलकले मोसेसलाई हराएको थियो । हिमाल नै खेलको म्यान अफ दी म्याच चुनिए । अर्को खेलमा हिमालयन शेर्पाविरुद्ध बगरभाई खलकका लागि राजु गुरुङले गोल गरे । हिमालयनका सविक शाक्यले गोल गरे ।

समूह डीमा अभिषेक चर्च नवलपरासी र नेपाल आर्मीले १–१ को बराबरी खेले । आर्मीका बसन्त गुरुङ र नवलपरासीका चक्र पुनले गोल गरे । सो खेलमा नवलपरासीका रविन्द्रकुमार श्रेष्ठ म्यान अफ दी म्याच बने । किरण महर्जन म्यान अफ दी म्याच बनेको खेलमा फ्रेन्ड्स क्लबले रुस्लानलाई १२–० ले हरायो ।

अर्को खेलमा आर्मी र फ्रेन्ड्सले गोलरहित बराबरी खेले । त्यो खेलमा आर्मीका आदर्श मल्ल म्यान अफ दी म्याच बने । समूह एको खेलमा कैलालीले आदिवासी फुटबल क्लबलाई ५–० ले हरायो । कैलालकीका लागि सिद्धी व्यञ्जनकारले ५ गोल गरे । उनै म्यान अफ दी म्याच चुनिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.