9 years ago
February 2, 2017
सिमरा (हाम्रो खेलकुद) – आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

सरस्वतीको जितमा तिर्थ बस्नेत र जोनम लिगलले गोल गरे । आयोजकसामु उत्कृष्ट सुरुवात गरेको सरस्वतीले खेलको २२ औ मिनेटमा अग्रता लिएको थियो । बिपक्षीको कमजोर रंक्षापंक्तीको फाईदा उठाउदै दिपेश श्रेष्ठले डिबक्स भित्र मिलाएको पासलाई सदुपयोग गर्दै तिर्थ बस्नेतले बललाई जाली चुमाएका थिए ।
आक्रामक खेल खेलेको सरस्वतीले अग्रता लिएको पाच मिनेटमै अर्को गोल थप्यो । खेलको २७ औ मिनेटमा आयोजकका अजय पौडेलले कप्तान दिपेश श्रेष्ठलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जोनम लिगलले गोल गरेका थिए । जोनमको प्रहारलाई आयोजकका गोलरक्षक बिशाल श्रेष्ठले ठम्याउन सकेनन् ।
खेलमा २–० ले पछि परेपछि आयोजक पहिलो हाफमा दवावमा देखिएको थियो । पहिलो हाफमा आयोजकका खेलाडीबिच तालमेलको अभाव देखिन्थ्यो । खेलको दोस्रो हाफमा सुधारिएर प्रदर्शन गरेको आयोजकले अवसरको सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको पतन्जली म्यान अफ दि म्याच सरस्वतीका कप्तान दिपेश श्रेष्ठ घोषित भए । उनले पाच हजार रुपैयाँ प्राप्त गरे ।
यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । ए डिभिजनका पाच र मोफसलका पाच गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार प्राप्त गर्नेछ । उपबिजेताले २ लाख ५१ हजार पाउनेछ । प्रतियोगितामा ए डिभिजनका त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब छन भने मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए ।
रुस्लान आठौं सिमरा गोल्डकपमा शुक्रबारको खेल
सिएमजी क्लब संकटाविरुद्ध एपिएफ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]