2 years ago
May 5, 2024
एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको ४ गोल सँगै लगातार चौथो पटक इंग्लिस प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो ।
जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३५औं मिनेटमा उनले नै अग्रता दोब्बर बनाए । रोड्रीको सुन्दर क्रसमा हेडर मार्फत गोल गर्दै हालान्डले सिटीलाई २ गोलको अग्रता दिलाए । यस्तै पहिलो हाफको अन्त्यतिर नेल्सन सेमेडोले गरेको फाउल पछि पाएको पेनाल्टीमा पुनः गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरे ।
५३औं मिनेटमा ह्वांग हि-चानले वल्भसका लागि एक गोल फर्काए । तर त्यस गोलले सिटीलाई थप गोल गर्नबाट रोक्न सकेन ।
५४औं मिनेटमा फिल फोडेनको पासमा हालान्डले व्यक्तिगत चौथो गोल गरे । ८५औं मिनेटमा जुलियन अल्भारेजले सिटीको पाँचौं गोल गरे ।
जित सँग ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ । बाँकी रहेको सबै खेलमा जित हासिल गर्ने हो भने सिटीले लगातार चौथो पटक लिग उपाधि उचाल्ने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]