default_image

2 years ago

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

552 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रातोले हाम्रो इटहरी भेट्रान्स एफसीको सामना गर्नेछ । प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक निलो रहेका छन् ।

संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने संयोजक टेकराज तिलिङले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचले २ हजार ५ सय रुपैयाँ र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले समान ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताए ।

अध्यक्ष श्रेष्ठले विजेताको नगद पुरस्कार प्रदान गरेका छन् भने उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजकका लागि बिर्तामोडको जोया ब्रान्डले जर्सी र टिसर्ट उपलब्ध गराएको बताइएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.