default_image

2 years ago

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

885 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।  

खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा लिभरपुलका लागि एन्ड्रयु रोबर्टसनले दोस्रो गोल गरे । ट्रेन्ट अलेक्ज्याण्डर अर्नोल्डको पासमा सालाहको प्रहार टोटनहमका गोलकिपर भिकारियोले बचाएपछि रोबर्टसनले गोल गरेका थिए ।

५० औं मिनेटमा गाक्पोले लिभरपुलका लागि तेस्रो गोल गरे । उनले हार्वी इलियटको पासमा सहज गोल गरेका थिए ।

५९ औं मिनेटमा इलियटको गोल गर्ने पालो थियो । सालाहको पासमा इलियटले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै स्कोरलाइन ४-० बनाएका थिए ।

टोटनहमले खेलमा पुनरागमन गर्ने प्रयासमा चार गोलले पछि परेपछि दुई गोलले भने फर्काएको थियो । ७२औ मिनेटमा ब्रेनन जोनसनको क्रसमा गोल गर्दै रिचार्लिसनले एक गोल फर्काए ।

७७औ मिनेटमा स्पर्सका कप्तान सन ह्युङ-मिनले दोस्रो गोल गरे । तर खेल स्पर्सको हातबाट निकै टाढा गइसकेको थियो ।   

 जित पछि लिभरपुल ३६ खेलमा ८१ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । टोटेनहम भने ३५ खेलमा ६९ अंक बटुलेर पाचौँ स्थानमा रहेको छ ।  

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.