default_image

2 years ago

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

858 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो ।

आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल गरे । पछिल्लो समय अयोग्य खेलाडी खेलाएको भन्दै विवादमा मुछिएपनि आरसी ३२ ले उच्च लय कायम राखेको छ ।

आईटी सँगै आरसी ३२ को ७ खेलमा १६ अंक रहेको छ । यस्तै पराजित सागाको भने ७ खेलमा ९ अंक रहेको छ ।

बुधवार नै भएको दोस्रो खेलमा झम्सिखेल युथ क्लबले स्वयम्भू क्लबविरुद्ध १-० को जित निकाल्यो । झम्सिखेलका लागि खेलको एकमात्र गोल अविनाश चौधरीले गरे ।

जित सँगै झम्सिखेलको ७ खेलमा १० अंक रहेको छ भने स्वयम्भूको ७ खेलमा २ अंक मात्र रहेको छ ।

सि डिभिजनमा बिहीबार हुने पहिलो खेलमा समाज कल्याण स्पोर्ट्स सेन्टर र गोलबजार स्पोर्ट्स क्लब भिड्ने छन् भने दोस्रो खेलमा सामाजिक युथ क्लब र मनोहरा युनाइटेड युथ क्लब भिड्ने छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.