2 years ago
May 11, 2024
एजेन्सी – लगातार तीन पटकको विजेता र लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधिको खोजमा रहेको म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको पहिलो खेलमा फुलहम माथि ४-० को फराकिलो जित दर्ता गर्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सिटीको जितमा डिफेन्डर जोस्को ग्वार्डीओलले दुई गोल गरे भने फिल फोडेन र जुलियन अल्भारेजले एक-एक गोल गरे ।
१३औं मिनेटमा केभिन डीब्रुइनको पासमा गोल गर्दै ग्वार्डीओलले सिटीलाई अग्रता दिलाएका थिए । सो अग्रता ५९औं मिनेटमा फोडेनले दोब्बर बनाए । बक्सको छेउमा पाएको मौकामा उनले राम्रो फिनिश गर्दै सिटीलाई दुई गोलको अग्रता दिलाएका थिए ।

७१औं मिनेटमा ग्वार्डीओलले व्यक्तिगत दोस्रो गोल गरे । बर्नार्डो सिल्भाको क्रसमा फार-पोस्टमा सहज गोल गर्दै उनले अग्रता तीन गोलको बनाए ।
त्यसपछि मैदान प्रवेश गरेका अल्भारेजले इन्ज्युरी समयमा पेनाल्टी मार्फत गोल गर्दै जित सुनिश्चित गरे ।
जित पछि सिटीले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने मौका आफ्नो हातमा पाएको छ । लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ । दोस्रो स्थानमा रहेको आर्सनलले कुनै एक खेलमा हार बेहोरेको अवस्थामा सिटीले एक जित पछि नै लिग उचाल्ने छ ।
सिटीको ३६ खेलमा ८५ अंक रहेको छ । यस्तै दोस्रो स्थानको आर्सनलको ८३ अंक छ ।
सिटीले टोटेनहम र वेस्ट ह्याम विरुद्ध खेल्न बाँकी रहेको छ भने आर्सनलले म्यानचेस्टर युनाइटेड र एभर्टन विरुद्ध खेल्न बाँकी रहेको छ ।
प्रिमियर लिगमा आज थप ७ खेल हुँदै छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]