2 years ago
May 11, 2024
एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो ।
टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए ।
३२औं मिनेटमा राइट-ब्याक पेड्रो पोर्रोले उत्कृष्ट गोल गर्दै टोटेनहमका लागि बराबरी गरे । ८२औं मिनेटमा मिकी भ्यान डे भेनले बक्सको छेउबाट गोल गर्दै खेलमा टोटेनहमको जित सुनिश्चित गरे ।
चौथो स्थान हासिल गर्दै च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य राखेको टोटेनहम हाल ३६ खेलमा ६३ अंक सहित पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको एस्टन भिल्लाको ३६ खेलमा ६७ अंक छ । टोटेनहमले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विरुद्ध खेलमा बाँकी नै रहेको छ ।
सोही समयमा भएका अन्य खेलको नतिजा:
बर्नमाउथ १-२ ब्रेन्टफर्ड
एभर्टन १-० शेफिल्ड युनाइटेड
न्यूक्यासल १-१ ब्राईटन
वेस्ट ह्याम ३-१ लुटन टाउन
वल्भस १-३ क्रिस्टल प्यालेस
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]