2 years ago
May 21, 2024
एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।
पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् ।
तर सन् २०१६ देखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका साउथगेटले कर्टिस जोन्स, जेरेल क्वान्साह, एडम व्हार्टन, कोबी माइनु जस्ता युवा खेलाडीहरुलाई प्रतियोगिता अघि केहि मौका दिँदै टोलीमा राख्ने-नराख्ने निर्णय लिएका छन् ।
इंग्ल्याण्डले आजसम्म युरोपियन च्याम्पियनसिप उपाधि जित्न सकेको छैन । इंग्ल्याण्डले १९६६ मा विश्वकप जितेयता कुनै अन्तराष्ट्रिय उपाधि जित्न सकेको छैन ।
यूरोमा सहभागी सबै टोलीले जुन ७ सम्ममा २६ सदस्यीय टोली घोषणा गर्नुपर्नेछ ।
इंग्ल्याण्डको प्रारम्भिक टोली:
गोलकिपर: जेम्स ट्राफोर्ड, डीन हेन्डरसन, आरोन राम्सडेल, जोर्डन पिकफोर्ड
डिफेन्डर: जेराड ब्रान्थवेट, ज्यारेल क्वान्सा, ल्यूक श, मार्क गुएही, एज्री कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाल्कर, ह्यारी मग्वायर, जोन स्टोन्स, किरन ट्रिपियर
मिडफिल्डर: एडम व्हार्टन, कोबी माइनू, कर्टिस जोन्स, कनर ग्यालाघर, डेक्लान राइस, ट्रेन्ट अलेक्जेंडर-अर्नोल्ड
फरवार्डः इभान टोनी, ओली वाटकिन्स, एन्थोनी गोर्डन, ह्यारी केन, फिल फोडेन, कोल पाल्मर, जुड बेलिङ्घम, बुकायो साका, जेम्स म्याडिसन, जारोड बोवेन, एबेरेची इजे, ज्याक ग्रेलिस
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]