default_image

2 years ago

May 27, 2024

योर गेम इज नट फेयर प्ले

1880 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

पहेँलो रंगको पृष्ठभूमि
गाढा निलो अक्षर ।

मैदानमा
सबैभन्दा पहिले छिर्छ
एउटा चारकुने झण्डा
लेखिएको हुन्छ –
“माई गेम इज फेयर प्ले” ।

मैदानको वारी छन्
“भिटामिन डी” को रापमा
रापिएका दर्शकहरु ,
पारी देखिन्छ
छहारीमा सुकला गरी रहेको एन्फा
खेल्दै छन् मैदानमा
भोको पेट र काँचका सपनाहरु ।

अचम्मको पोको हो एन्फा
फुटबल नबोल्नु
उसको गला हो
फुटबल नखेल्नु
उसको कला हो ।

बहुमतको बिसौलीमा
उ मात्तिन्छ
चौरास्ताको खुला साँढे झैँ
अल्पमतको बिलौरीमा
केही थान मतहरुको
बढाबढ हुन्छ लिलामी

महाशय !
न लाज
न सरम
चटक छ एन्फामा
रमिता छ एन्फामा
के छैन एन्फामा ?

खेल प्रेमी पनि छ एन्फा
चक्लाबन्दी गर्छ अवसरहरु
नचाउँछ बाल्टीमा हालेर
लोभहरुको डाइस
हालिन्छ खालमा बिस्कुन
च्याँखे दाउहरु

भोटे
झण्डी
पाना……
महाशय !
फुटबल खेल्दैन एन्फा
उ खेल्छ लङ्गुर बुर्जा
के खेल्दैन एन्फा ?

समाउनलाई हाँगा नभएको
टेक्नलाई लठ्ठी नभएको
बिसाउनलाई तोक्मा नभएको
अडेस लाग्नलाई खाँबो नभएको
ओत लाग्नलाई सिकुवा नभएको

बस्नलाई पिँढी नभएको
अजंगको एब्स्ट्रयाक्ट पोट्रेट
लिएर एन्फा
कुहिरोमा हराएको काग जस्तै

औँशीको चुक अँध्यारोमा

हिँड्छ अकरको बाटो
बोक्दैन राँको
लिँदैन अगुल्टो ।

दृश्यको
यही टेकमा
हो !
ठ्याक्कै
यही समयमा
सडक कुकुरले झैँ

मध्यरातमा
कुनै टोलै ब्युँझिने गरी
वा,
कटवालले झैँ
सिरान डाँडाबाट
कुनै गावैँ थर्किने गरी
वा,
प्रतिबन्धित पटाकाले झैँ

तिहारको झिलीमिली रातमा
कुनै शहरै तर्सिने गरी
ललितपुर वडा नं. १५
सातदोबाटोतिर फर्केर
चिच्याउन मन भा’छ –
“योर गेम इज नट फेयर प्ले” ।

हाकु कालेको शहरमा
विराजमान छ एन्फा
जसको
एक थान निरीह खेलाडी
राष्ट्रिय टिमको जर्सीमा
पोतिएको पसिना
सुकाउनलाई जान्छ विदेश
अनि
एक थान ठीस शुभचिन्तक
बौलाएर लेख्छ
एउटा कमसल कविता ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.