9 years ago
February 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बगरभाई खलक पोखरा, सानो गौचरन नाइट किङग क्लब, हिमालयन शेर्पा क्लब र अभिषेक चर्च नवलपरासी रुस्लान जावलाखेल भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

म्यान अफ दी म्याच ट्रफी प्रदान गर्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत (दायाँ) ।
जावलाखेलको मैदानमा शुक्रबार भएको क्वार्टरफाइनलमा बगरभाई खलकले आयोजक जावलाखेललाई टाइब्रकेरमा हराएको थियो । गोलरहित बराबरीपछि को टाइब्रेकरमा बगरभाई खलक विजयी भएको थियो । त्यो खेलमा बगरभाई खलकका रविन शाही म्यान अफ दी म्याच घोषित भएका थिए ।
सानो गौचरनले आर्मीलाई १–० ले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । शशी रिमालको गोलमा सानो गौचरन विजयी भएको थियो । शशी नै खेलको म्यान अफ दी म्याच घोषित भए । हिमालयन शेर्पाले कैलालीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो । २–२ को बराबरीपछि टाइब्रेकरमा हिमायन शेर्पाले बाजी मारेको थियो । निर्धारित समयमा कैलालीका लागि सिद्धि व्यञ्जनकार र सुरज लामाले गोल गरे । त्यस्तै हिमालयन शेर्पाका लागि आनन्द गुरुङ र म्यान अफ दी म्याच सविन शाक्यले गोल गरे ।
चक्र पुनको दुई गोलमा अभिषेक चर्चले सामाखुसी फुटबललाई २–१ ले हरायो । सामाखुसीका लागि निमा लामाले गोल गरे । चक्र खेलको म्यान अफ दी म्याच चुनिाए । त्यसअघि समूह चरणको खेलमा अभिषेक चर्चले फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदा रविन्द्रकुमार श्रेष्ठले २ र अर्को गोल म्यान अफ दी म्याच यामबहादुर गुरुङले गोल गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]