2 years ago
May 28, 2024
एजेन्सी – अपराजित रहँदै अल हिलाल यस सिजन २०२३-२०२४ को साउदी प्रो लिग च्याम्पियन बनेको छ । चार खेल बाँकी रहँदै च्याम्पियन बनिसकेको अल हिलालले लिगको अन्तिम खेलमा अल वेदालाई २–१ ले पराजित गर्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।
खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको अल हिलालले यो सिजन प्रो लिगको ३४ खेलमा ३१ जित र ३ बराबरीसहित कुल ९६ अंक बटुल्यो । हिलालले १०१ गोल गर्दा केवल २३ गोल मात्रै बेहोर्यो ।
अल हिलालले यो सिजन युरोपेली फुटबलमा प्रभाव जमाएका नेयमारसहति यासिर बोनोउ,कालिडोउ कोउलीबेली, रेनान लोडी, सेर्गेज मिलिन्कोभिच साभिक, रुवेन नेभेस, माल्कोम, एलेसान्दार मित्रोभिच र मिचेललाई भित्र्याएका थिए । चोटका कारण नेयमार भने सिजन भर नै टोलीबाट बाहिर रहे ।
किङ अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा सोमबार राति भएको खेलमा अल हिलालको जितमा मोहम्मेद कानो र एलेक्सान्दर मित्रोभिचले गोल गरे । अल वेदाका यायानाजीले एक गोल फर्काए ।
खेलको १९औं मिनेटमा कानोले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाए । ७७औं मिनेटमा नाजीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयको थप गरिएको दोस्रो मिनेटमा मित्राभिचले गोल गर्दै खल हिलाललाई जित दिलाए ।
यस हारसँगै अल वेदा ३४ खेलबाट ३६ अंक जोडेर १३औं स्थानमा रह्यो । शीर्ष तीनमा रहेका अल हिलाल, अल नासर र अल एलीले एएफसी च्याम्पियन्स लिग खेल्नेछ । अल तावनले एएफसी कप खेल्नेछ ।
करिम बेन्जेमा, जोटा, एङगोलो कान्टे, फाविन्हो र लुइज फिलिप सम्मिलित अल इतिहाद चौथो स्थानमा रह्यो । अभा, अल ताइ र अल हाजिम रेलिगेसनमा परेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]