11 months ago
May 29, 2024
एजेन्सी – बर्नलीका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । बेल्जियन प्रशिक्षक कोम्पनी बायर्नमा २०२७ सम्मका लागि अनुबन्ध भएका हुन् ।
२०२२/२३ को सिजनमा बर्नली पुगेका कोम्पनीले टोलीलाई इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिपको उपाधि दिलाउँदै प्रिमियर लिगमा बढवा गराएका थिए । तर प्रिमियर लिगमा पुगेको पहिलो सिजनमा नै टोली मात्र ५ जित दर्ता गर्दै रेलिगेसनमा परेको थियो ।
बायर्नका लागि कोम्पनी पहिलो रोजाइ थिएनन् । जाबी अलोन्सो, जुलियन नागेल्सम्यान र राल्फ रांगनिक जस्ता विभिन्न प्रशिक्षकहरूले अस्वीकार गरेपछि बायर्नले कोम्पनीलाई अनुबन्ध गरेको हो । कोम्पनीले आफ्नो प्रबन्धकिय करियर एन्डरलेचबाट सुरु गर्दै बर्नली पुगेर दुई सिजन बिताए ।
म्यानचेस्टर सिटीको साथ खेलाडीको रूपमा ४ पटकको प्रिमियर लिग विजेता, कोम्पनीले जर्मन टोलीले १२ वर्षमा पहिलो ट्रफीविहीन सिजनको सामना गरेपछि जर्मनी जाने निर्णय गरेका छन् ।
अनुबन्ध पछि उनले क्लबको आधिकारिक वेबसाइटमा भने, ‘म एफसी बायर्नको चुनौतीको लागि तयार छु । यो क्लबको लागि काम गर्न पाउनु ठूलो सम्मानको कुरा हो ।’
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]