default_image

2 years ago

June 1, 2024

च्याम्पियन्स लिग फाइनल आज

982 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग उपाधि भिडन्त आज राती हुँदै छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा आज राती १२:४५ बजे जर्मन टोली बोरुसिया डर्टमुण्डले स्पेनिश टोली रियल म्याड्रिड विरुद्ध खेल्नेछ ।

रियलले कीर्तिमानी १४ पटक उपाधि जितेकाे छ। सबैभन्दा धेरै उपाधिको तालिकामा एसी मिलान ७ उपाधि सहित दोस्रो स्थानमा छ । आज जित निकाल्न सके रियलले मिलानको उपाधिको दोब्बर भन्दा बढी उपाधि जित्नेछ ।

उता डर्टमुण्ड १९९७ मा एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि उचालेको टोली हो । पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले बायर्न म्युनिखविरुद्ध २-१ को हार बेहोरेको हो ।

डर्टमुण्डका लागि आजको फाइनल अझै एक कारणले खास छ । क्लब लिजेण्ड मार्को रुइसका लागि आजको खेल १२ वर्षपछि क्लबका लागि अन्तिम हुनेछ । त्यसैले पनि दोस्रो उपाधि जित्दै डर्टमुण्ड रुइसलाई सुखद अन्त्य दिन चाहन्छ ।

डर्टमुण्डको फाइनल यात्रा:

समूह चरण:
पिएसजी २-० डर्टमुण्ड
डर्टमुण्ड ०-० एसी मिलान
न्युक्यासल ०-१ डर्टमुण्ड
डर्टमुण्ड २-० न्युक्यासल
एसी मिलान १-३ डर्टमुण्ड
डर्टमुण्ड १-१ पिएसजी

अन्तिम १६: (समग्रमा ३-१ ले विजयी)
पिएसभी आइन्ढोभन १-१ डर्टमुण्ड
डर्टमुण्ड २-० पिएसभी आइन्ढोभन

क्वाटरफाइनल: (समग्रमा ५-४ ले विजयी)
एट्लेटिको म्याड्रिड २-१ डर्टमुण्ड
डर्टमुण्ड ४-२ एट्लेटिको म्याड्रिड

सेमीफाइनल: (समग्रमा २-० ले विजयी)
डर्टमुण्ड १-० पिएसजी
पिएसजी ०-१ डर्टमुण्ड

रियलको फाइनल यात्रा:

समूह चरण:
रियल म्याड्रिड १-० युनियन बर्लिन
नापोली २-३ रियल म्याड्रिड
ब्रागा १-२ रियल म्याड्रिड
रियल म्याड्रिड ३-० ब्रागा
रियल म्याड्रिड ४-२ नापोली
युनियन बर्लिन २-३ रियल म्याड्रिड

अन्तिम १६: (समग्रमा २-१ को जित)
लाइपजिग ०-१ रियल म्याड्रिड
रियल म्याड्रिड १-१ लाइपजिग

क्वाटरफाइनल: (समग्रमा ४-४, टाईब्रेकरमा ४-३ को जित)
रियल म्याड्रिड ३-३ म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटी १-१ रियल म्याड्रिड

सेमीफाइनल: (समग्रमा ४-३ को जित)
बायर्न म्युनिख २-२ रियल म्याड्रिड
रियल म्याड्रिड २-१ बायर्न म्युनिख

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.