default_image

2 years ago

June 2, 2024

रियल म्याड्रिडलाई १५ औं च्याम्पियन्स लिग उपाधि

3691 views

0 Bookmark

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

च्याम्पियन्स लिगमा रियल सर्वाधिक सफल टोली हो । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो । रियललाई जित दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

कार्भाजालले ७४ औं र जुनियरले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् । डर्टमुन्डका खेलाडीको मिस पासको फाइदा उठाउँदै जुड बेलिङघमले उपलब्ध गराएको पासमा जुनियरले गोल गरेका हुन् ।यो सिजनमा सबै खाले प्रतियोगितामा गरि जुनियरको त्यो २४ औं गोल हो ।

रियलभन्दा पछि च्याम्पियन्स लिगमा एसी मिलानको ७ उपाधि छ । डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले बायर्न म्युनिखविरुद्ध २–१ को हार बेहोरेको हो ।

डर्टमुण्डका लिजेण्ड मार्को रुइसका लागि आजको खेल १२ वर्षपछि क्लबका लागि अन्तिम थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.