default_image

2 years ago

June 2, 2024

आर्मीका ५ खेलाडी समेट्दै राष्ट्रिय फुटबल टोली घोषणा

4006 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पाँच खेलाडी समेट्दै विश्वकप छनोटका अन्तिम दुई खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ । साउदी अरबमा हुने युएई र यमन विरुद्ध बीचको छनोट खेलमा लागि २३ सदस्यीय फुटबल टोली घोषणा भएको हो ।

टोलीमा आर्मीका पाँच खेलाडी समेटिएका छन् । नियमित सदस्य भरत खवास, जीलेस्पी जंग कार्की र विमल पाण्डे सहित फरवार्ड आशिक बाबु चौधरी र मिडफिल्डर वसन्त जिम्बा टोलीमा अटाएका छन् ।

पछिल्लो समय फुटबल टोलीबाट बाहिर रहेका युवा फरवार्ड आयुष घलान समेत टोलीमा फर्किएका छन् । प्रारम्भिक टोलीमा नरहेपनि उनी अन्तिम टोलीमा भने समावेश भएका छन् । यस्तै नेपाल पुलिस क्लबका आशिष राई पनि टोलीमा परेका छन् ।

पछिल्लो पटक इङ्गल्यान्ड भ्रमणमा रहेका दिनेश हेन्जन र फत्तेमान घले चोटका कारण टोलीमा परेका छैनन् । चोटकै कारण फरवार्ड अन्जन विष्ट पनि टोलीमा छैनन् । यस्तै चोटका कारण इङ्ल्यान्ड भ्रमण गुमाएका अनन्त तामाङ टोलीमा फर्किएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेपछि अन्तिम दुवै साउदी अरबमा खेल्ने‌ भएको‌ हो ।

जेठ २४ गते युएईविरूद्ध दोस्रो चरणको खेल नेपालले साउदी अरबमा खेल्ने छ । खेल नेपाली समयअनुसार ९:४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ ।

नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग पनि साउदीमै हुनेछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो ।नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो ।

नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर: अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड: जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.