default_image

2 years ago

June 2, 2024

आर्मीका ५ खेलाडी समेट्दै राष्ट्रिय फुटबल टोली घोषणा

4009 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पाँच खेलाडी समेट्दै विश्वकप छनोटका अन्तिम दुई खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ । साउदी अरबमा हुने युएई र यमन विरुद्ध बीचको छनोट खेलमा लागि २३ सदस्यीय फुटबल टोली घोषणा भएको हो ।

टोलीमा आर्मीका पाँच खेलाडी समेटिएका छन् । नियमित सदस्य भरत खवास, जीलेस्पी जंग कार्की र विमल पाण्डे सहित फरवार्ड आशिक बाबु चौधरी र मिडफिल्डर वसन्त जिम्बा टोलीमा अटाएका छन् ।

पछिल्लो समय फुटबल टोलीबाट बाहिर रहेका युवा फरवार्ड आयुष घलान समेत टोलीमा फर्किएका छन् । प्रारम्भिक टोलीमा नरहेपनि उनी अन्तिम टोलीमा भने समावेश भएका छन् । यस्तै नेपाल पुलिस क्लबका आशिष राई पनि टोलीमा परेका छन् ।

पछिल्लो पटक इङ्गल्यान्ड भ्रमणमा रहेका दिनेश हेन्जन र फत्तेमान घले चोटका कारण टोलीमा परेका छैनन् । चोटकै कारण फरवार्ड अन्जन विष्ट पनि टोलीमा छैनन् । यस्तै चोटका कारण इङ्ल्यान्ड भ्रमण गुमाएका अनन्त तामाङ टोलीमा फर्किएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेपछि अन्तिम दुवै साउदी अरबमा खेल्ने‌ भएको‌ हो ।

जेठ २४ गते युएईविरूद्ध दोस्रो चरणको खेल नेपालले साउदी अरबमा खेल्ने छ । खेल नेपाली समयअनुसार ९:४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ ।

नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग पनि साउदीमै हुनेछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो ।नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो ।

नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर: अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड: जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.