2 years ago
June 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो ।
सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने तय भएको छ ।
प्रतियोगितामा साफका सातै सदस्य संघको सहभागिता रहने साफले जनाएको छ । २०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३-१ ले जितेको थियो ।
भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]