5 months ago
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह बी मा परेको छ छ । ढाकामा ड्र कार्यक्रमका बीच सम्पन्न समूह विभाजनमा नेपाल समूह बी मा परेको हो ।
नेपाल प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए मा पाँच पटकको विजेता भारत, साविक विजेता बंगलादेश र पाकिस्तान रहेका छन् ।
सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने तय भएको छ ।
२०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३-१ ले जितेको थियो ।
भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।
November 8, 2024
एजेन्सी – फ्रान्सका स्टार स्ट्राईकर केलियन एमबाप्पे फेरि फ्रान्सको टोलीबाट बाहिरिएका छन् । बिहीबार प्रशिक्षक डिडिएर डेसच्याम्प्सले नेसन्स लिगमा इजरायल र इटालीविरुद्धको खेलका लागि खेलाडीको सूची सार्वजनिक गरेका थिए । तर, उक्त सुचीमा एमबाप्पे भने अटाएका छैनन् । यसअघि पनि एमबाप्पे चोटका कारण टोलीबाट बाहिर रहेका थिए । यस पटक भने एमबाप्पे घाइते नभएको उनी […]
November 8, 2024
एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ । युनाइटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल अमाद डायलोले गरे । डायलोले ५०औं र ७०औं मिनेटमा टोलीको लागि गोल गरे । घरेलु मैदानमा […]
November 7, 2024
एजेन्सी – च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी ) पराजित भएका छन् । आर्सनल बुधवार इटालियन क्लब इन्टर मिलानसँग खेल १-० ले गुमाएको हो । योसँगै जारी सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । सान सिरोमा पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हाकान काल्हानोग्लुको पेनाल्टी गोलमा इन्टरले […]