2 years ago
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुट स्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
क्लबको आयोजनामा शनिबार ५ महिना लामो पहिलो चरणको ग्रास रुट ट्रेनिङ कार्यक्रमको समाप्त भएको छ । त्यसको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो ।

कुल १ सय ३० खेलाडीको सहभागिता रहेको प्रशिाक्षण कार्यक्रममा २२ किशोरी रहेका थिए । ८ वर्षदेखि १४ वर्षसम्मका खेलाडीको सहभागिता रहेको कार्यक्रमलाई ९ फुटबल प्रशिक्षकले सञ्चालन गरेको थिए । त्यसमा मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठ रहेका थिए ।
समापन समारोहमा क्लबका अध्यक्ष सुरेशकाजी शाक्यले थप ग्रास रुट कार्यक्रम गर्ने योजना रहेको बताए । काठमाडौंमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौं महानगरको सहयोग तथा लैनचोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यत्रममा भएको कार्यक्रम गत वर्षको माघ महिनादेखि सुरु भएको थियो । आरसीटी नेपालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लबमध्ये एक हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]