2 years ago
June 10, 2024
एजेन्सी – एन्जल डि मारियाको एकमात्र गोलमा अर्जेन्टिनाले इक्युएडोर माथि जित दर्ता गरेको छ । शिकागोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका १-० ले विजयी भएको हो ।
कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाका लागि एकमात्र गोल ४०औं मिनेटमा आएको थियो । क्रिस्टियन रोमेरोको पासमा डि मारियाले बक्स भित्रबाट गोल गरेका थिए ।
अर्जेन्टिनाले अब आउँदो शुक्रवार ग्वाटेमाला विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ ।
जुन २१ मा अर्जेन्टिनाले क्यानाडा विरुद्ध खेल्दै कोपा अमेरिकाको सुरुवात गर्नेछ । त्यसपछि अर्जेन्टिनाले जुन २६ मा चिली र जुन ३० मा पेरुको सामना गर्नेछ ।
कोपा अमेरिका यसपटक उत्तर र दक्षिण अमेरिकाका टोलीहरू सम्मिलित रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]