default_image

2 years ago

June 12, 2024

सि डिभिजनको उपाधि छिनोफानो आज

1244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगको उपाधि जित्ने टोलीको टुंगो आज लाग्दै छ । लिग सिजनको अन्तिम दिन आज बागमती युथ क्लब र आरसी ३२ फुटबल एकेडेमी मध्य एक टोलीले उपाधि जित्ने पक्का हुने छ ।

आज दिनको ३ बजे दुवै उपाधि दावेदार टोली मैदान उत्रिने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बागमतीले पुल्चोक स्पोर्ट्स क्लबको सामना गर्नेछ भने आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा आरसी ३२ले सानेपा क्लब विरुद्ध खेल्नेछ ।

बागमतीको १२ खेलमा ९ जित, २ बराबरी र १ हारसहित २९ अंक रहेको छ । दोस्रो स्थानको आरसी ३२ को १२ खेलमा ८ जित, २ बराबरी र २ हारसहित २६ अंक छ ।

बागमतीका लागि लिग जित्नका लागि बराबरी नै पर्याप्त हुनेछ । उता आरसी ३२ ले लिग उपाधि उचाल्नका लागि भने बागमतीको हार आवश्यक हुनेछ भने आफ्नो खेलमा जित दर्ता गर्नु पर्नेछ । अंक बराबरीमा भएको खण्डमा हेड-टू-हेडमा आरसी ३२ ले उपाधि जित्नेछ ।

आरसी ३२ एन्फाले अंक घटाउँदा समेत यो स्थानमा रहेको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले आरसी ३२ को ४ अंक घटाएको थियो । आरसी ३२ ले स्वयम्भू क्लब विरुद्ध हासिल गरेको १-० को जित र सामाजिक युथ क्लब विरुद्ध खेलेको गोलरहित बराबरी गरी हासिल गरेको ४ अंक एन्फाले खोसेको थियो ।

दुवै टोलीले शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्दै आउँदो सिजनको बी डिभिजनमा आफ्नो स्थान पक्का भने गरिसकेका छन् । उता गोलबजार स्पोर्ट्स क्लब र रानीवान स्पोर्ट्स क्लब रेलिगेसनमा परिसकेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.