default_image

2 years ago

June 12, 2024

बागमतीलाई सि डिभिजन लिग उपाधि

1649 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती युथ क्लबले सहिद स्मारक सि डिभिजन लिग उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा पुल्चोक स्पोर्ट्स क्लब विरुद्ध गोलरहित बराबरी सँगै बागमतीको उपाधि पक्का भएको हो ।

लिगको अन्तिम दिनमा बागमती र आरसी ३२ फुटबल एकेडेमी उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थिए । तर आरसी ३२ ले उपाधि जित्नका लागि बागमतीको हार र आफ्नो खेलमा जितेको आवश्यकता थियो ।

आर्मी फिजिकल एण्ड स्पोर्टस सेन्टरमा एकैसमयमा भएको खेलमा आरसी ३२ फुटबल एकेडेमी सानेपा क्लब विरुद्ध ३-२ ले पराजित भयो । त्यस नतिजाले बागमतीले हार बेहोरेपनि उपाधि जित्ने थियो ।

पहिलो स्थानमा रहेको बागमतीको १३ खेलमा ३० अंक रह्यो । आरसी ३२ ले भने १३ खेलमा २६ अंक सहित दोस्रो स्थान हासिल गर्यो । यस खेल अगावै बागमती र आरसी ३२ बी डिभिजनमा बढुवा भइसकेका थिए ।

आरसी ३२ एन्फाले अंक घटाउँदा समेत दोस्रो स्थानमा रहेको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले आरसी ३२ को ४ अंक घटाएको थियो । आरसी ३२ ले स्वयम्भू क्लब विरुद्ध हासिल गरेको १-० को जित र सामाजिक युथ क्लब विरुद्ध खेलेको गोलरहित बराबरी गरी हासिल गरेको ४ अंक एन्फाले खोसेको थियो ।

१३ खेलमा २२ अंक सहित पुल्चोक भने तेस्रो स्थानमा रहन सफल भयो । यस्तै रानीवन स्पोर्ट्स क्लब र गोलबजार स्पोर्ट्स क्लब रेलिगेसनमा परेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.