default_image

2 years ago

June 14, 2024

एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

1931 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले अगस्टमा हुने एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ ।

राष्ट्रिय महिला लिग २०२२ च्याम्पियन्स एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि नेपालको प्रतिनिधित्व गर्न लागेको हो ।

एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफसहित २२ टोलीले खेल्ने एसियन फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार लिगको प्रारम्भिक छनोट अगस्ट २५ देखि ३१ सम्म हुनेछ ।

समूह चरणका खेलहरू अक्टोबर ६ देखि १२ सम्म हुनेछ । फाइनल खेल २०२५ मेमा हुने तालिका छ । फिफा महिला वरियताअनुसार शीर्ष आठ राष्ट्रका टोली सिधै समूह चरणमा छनोट हुन्छ ।

बाँकी १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्नेछ । जोर्डन, मलेसिया, साउदी अरब र थाइल्यान्डमा प्रारम्भिक छनोट तथा समूह चरणको खेल चीन र भियतनाममा हुनेछ । समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा घोषणा हुने छ ।

चितवनमा मार्च २४ देखि अप्रिल १३, २०२२ सम्म भएको लिगको उपाधि एपीएफ फुटबल क्लबले जितेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.