default_image

1 year ago

June 15, 2024

स्विट्जरल्यान्डको विजयी सुरुवात

1919 views

0 Bookmark

एजेन्सी – स्विट्जरल्यान्डले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । शनिबार साँझ भएको पहिलो खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले पराजित गरेको हो ।

खेलको १२औं मिनेटमा नै क्वाडवो डुवाहले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । माइकल एविसरले दिएको थ्रु-पासमा बक्स भित्रबाट उनले राम्रो फिनिश गरेका थिए ।

४५औं मिनेटमा एविसरले गोल गर्दै अग्रता दोब्बर बनाए । बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै उनले अग्रता दोब्बर बनाएका थिए ।

६६औं मिनेटमा हंगेरीले खेलमा एक गोल फर्कायो । डोमिनिक स्जोबोस्जलाईको क्रसमा बार्नाबास भार्गाले हेडर प्रहार गर्दै अग्रता एक गोलमा घटाएका थिए । तर इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डको जित सुनिश्चित गरे ।

समूह ए मा गएराती जर्मनीले स्कटल्याण्डलाई ५-१ ले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

युरो कपमा आज राती थप दुई खेल हुँदै छन् । समूह बी अन्तर्गत5 ९:४५ बजे स्पेन र क्रोएसिया भिड्ने छन् भने राती १२:४५ बजे इटाली र अल्बानिया भिड्ने छन् ।

November 7, 2025

पुलिस झापा गोल्ड कपको फाइनलमा

दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]

November 7, 2025

देउरालीको पहिलो जित, चित्लाङ र विजय स्पोर्ट्सको बराबरी

रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]

November 7, 2025

फुटबल खेलाडीले सुरु गरेको विरोधमा खेलाडी संघको एकबद्धता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]

Success

Thank you for your time.