2 years ago
June 17, 2024
एजेन्सी – उपाधि दावेदार मध्यको एक बेल्जियम युरो कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा स्लोभाकिया विरुद्ध स्तब्ध हुन पुगेको छ । समूह ई अन्तर्गत भएको खेल्न बेल्जियमले १-० को हार बेहोरेको हो ।
स्लोभाकियाको एकमात्र गोल खेलको सातौं मिनेटमा आएको थियो । रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियम गोलरक्षक कोएन कासटिल्सले बचाएपछि ईभान स्क्ररान्जले सहज गोल गरेका थिए ।
गोल पछि बेल्जियमले खेलमा निकै अवसरहरू सिर्जना गर्यो । बेल्जियमले दुई पटक गरेको गोल रद्द हुन पुगेको थियो । दुवै पटक रोमेलु लुकाकुले गरेको गोल भिएआरले रद्द गरेको थियो ।
५६औं मिनेटमा लुकाकु अफसाइड भएपछि गोल रद्द भएको थियो भने ८६औं मिनेटमा लुइस ओपेन्डाले ह्याण्डबल गरेपछि गोल रद्द भएको थियो ।
सोही समूहमा आज नै भएको पहिलो खेलमा रोमानियाले युक्रेनमाथि ३-० को जित दर्ता गरेको थियो । युरो कपमा आज राती समूह डी का फ्रान्स र अष्ट्रिया भिड्दै छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]