default_image

2 years ago

June 20, 2024

स्विट्जरल्यान्ड र स्कटल्यान्डको बराबरी

429 views

0 Bookmark

एजेन्सी – युरो कप २०२४ अन्तर्गत समूह ए को खेलमा स्विट्जरल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका छन् । गएराती कोलोग्नमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

१३औं मिनेटमा स्कट मकटोमिनेको गोलमा स्कटल्यान्डले अग्रता लिएको थियो । काउन्टर अट्याकमा उनले क्यालम मक्ग्रेगरको क्रसमा बक्सको छेउबाट गोल गरेका थिए ।

२६औं मिनेटमा स्विट्जरल्यान्डका लागि झेरडान शकिरीले बराबरी गोल गरे । एन्थोनी राल्सटनले खेलेको ब्याकपासको फाइदा उठाउँदै उनले बक्स बाहिरबाट उत्कृष्ट फिनिश गर्दै गोल गरेका थिए ।

बराबरी पछि समूह ए मा स्विट्जरल्यान्डको २ खेलमा ४ अंक भएको छ । यस समूहबाट जर्मनी २ खेलमा ६ अंक सहित दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

स्कटल्यान्डको २ खेलमा १ अंक छ भने हंगेरी अंकविहिन छ । ६ समूहबाट शीर्ष दुई टोली सहित ४ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली अन्तिम १६ मा पुग्ने छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.