2 years ago
June 21, 2024
एजेन्सी – युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
पहिलो खेलमा सर्बिया विरुद्ध १-० को झिनो अन्तरको जित हासिल गरेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन ।
१८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । जोआकिम एन्डरसनलाई चकित लार्दै काईल वालकरले लिएको बलमा उनको क्रस केनको दिशातर्फ पुगेपछि उनले सहजै गोल गरेका थिए ।
३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो । क्यास्पर ह्युमलन्डले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कका लागि खेलमा बराबरी गरेका थिए । अन्त्यमा सोही गोलको मद्दतमा डेनमार्कले एक अंक हासिल गर्यो ।
नतिजापछि इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अंक नै छ भने सर्बियाको १ अंक छ । सर्बिया र स्लोभेनियाले बिहीबार नै १-१ को बराबरी खेलेका थिए ।
युरो कपमा समूह बी अन्तर्गत दुई महारथी स्पेन र इटाली राति १२:४५ बजे भिड्दै छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]