2 years ago
June 21, 2024
एजेन्सी – साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो ।
अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे ।
पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो । त्यसको फलस्वरूप ४९औं मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । लियोनेल मेस्सीको पासमा एलेक्सिस मक यालिस्टरको बल नियन्त्रणलाई क्यानडियन गोलरक्षकलाई बिट गरेपछि अल्भारेजले गोल गर्दै अग्रता दिलाएका थिए ।
अग्रता लिएपछि अर्जेन्टिनाले थुप्रै मौकाहरुको फाइदा उठाउन सकेन । स्टार खेलाडी लियोनेल मेस्सी नै दुई वान-अन-वान अवसरमा चुके । तर अन्ततः ८८औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्यो ।
मेस्सीको सुन्दर थ्रु-पासमा लौतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे ।
अर्जेन्टिना रहेको समूह ए मा क्यानडा सहित पेरू र चिली रहेका छन् । अर्जेन्टिनाको दोस्रो खेल बुधवार विहान चिली विरुद्ध हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]