default_image

1 year ago

June 22, 2024

पोर्चुगल युरोको अन्तिम १६ मा

7773 views

0 Bookmark

एजेन्सी – लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो ।

पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो ।

२१औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । नुनो मेंडेसको क्रस टर्किस डिफेन्डरलाई लागेर बक्स भित्रबाट सिल्भाको अघि पुगेपछि उनले गोल गरेका थिए ।

२८औं मिनेटमा आत्मघाती गोलका रूपमा पोर्चुगलको दोस्रो गोल आएको थियो । टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्रबाट पुगेको थियो ।

पोर्चुगलको तेस्रो गोल ५६औं मिनेटमा गर्यो । जोआओ क्यान्सेलोको थ्रु-पासमा बनेको मौकामा क्रिस्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजका लागि सहज मौका सिर्जना गर्दिएका थिए । फर्नान्डेजले सहजै गोल गर्न सफल रहे ।

जित पछि समूह एफमा पोर्चुगलको २ खेलमा ६ अंक भएको छ । टर्कीको २ खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ । समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन् ।

समूह ई अन्तर्गत बेल्जियम र रोमानिया आज राति १२:४५ बजे भिड्दै छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.