1 year ago
June 23, 2024
सुशिल पन्त क्षेत्री, चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल यसै साता सुरु हुने भएको छ।
आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ गते सुरु हुने लिगमा सहभागी १३ टोलीलाई दुई समूह विभाजन गरेको छ ।
सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच भएको विभाजनको समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) सँगै नारायणी फुटबल क्लब, एस्ट्रल युथ सोसाईटी, गीतानगर ब्वाईज क्लब, नारायणी मोटर्स युनिक क्लब, पानस युवा क्लब र सौराहा युवा समाज छन् ।
साविक उपविजेता एभरेष्ट क्लब चितवन, माडी ११ फुटबल क्लब, रामपुर फुटबल क्लब रड्स, यात्रा ग्रुप भरतपुर, नारायणगढ फुटबल क्लब र हर्दी युवा समाज समूह बीमा छन् । लिगको उद्घाटन खेलमा साविक विजेता बिएफसी र नारायणी एफसी भिड्नेछन् ।

लिगका खेलहरु भरतपुर ७ कृष्णपुर मैदान र नेपाली प्रहरी शिक्षालय (तालिम केन्द्र) को मैदानमा हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । उद्घाटन खेल कृष्णपुरमा हुनेछ ।
साउन ८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रोले टोलीइले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार, विधागत उत्कृष्टले ५ तथा म्यान अफ दि म्याचले २ हजार पाँच सय प्राप्त गर्ने संयोजक गोपाल गुरुङले जानकारी दिए । लिगलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]