default_image

1 year ago

June 26, 2024

फ्रान्स पोल्याण्डसँग इनबराबरीमा रोकियो

854 views

0 Bookmark

एजेन्सी – युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ ।

गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट पछि फर्किएका कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्यो । रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टी मार्फत नै गोल गरेका थिए । उनको पेनाल्टी फ्रेन्च गोलरक्षक माइक माइगननले बचाएपनि उनको खुट्टा पेनाल्टी प्रहार हुनुअघि गोललाईन भन्दा अघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए ।

फ्रान्सको बराबरी पछि सोही समयमा नेदरल्याण्ड्स माथि ३-२ को जित निकालेको अष्ट्रिया समूह विजेता बन्यो ।

३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । आफ्नो अन्तिम खेलमा पोल्याण्ड सँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक रह्यो ।

नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रह्यो । उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ । पोल्याण्ड १ अंक सहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.