9 months ago
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।
टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश भएकी छन् । एसियाली खेलकुदमा घाइते भएकी सरु लिम्बु र रेनुका नगरकोटे पनि टोलीमा फर्केका छन् ।
नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डन विरुद्ध नै पराजित हुन पुगेको थियो । सो खेल नेपालले टाईब्रेकरमा जोर्डनलाई सुम्पिएको थियो।
नेपालले जोर्डन पछि दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश विरुद्ध असार २९ (जुलाई १३) मा खेल्नेछ भने घरेलु टोली लेबनान विरुद्ध श्रावण १ (जुलाई १६) मा प्रतिस्पर्धा गर्नेछ ।
चार टोली सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाईने छ । तालिकामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
टोलीको प्रशिक्षण राजेन्द्र तामाङले गरिरहेका छन् । नेपाली टोली पश्चिम एसियाली (वाफ) च्याम्पियनसिपको उपविजेता बन्दा पनि तामाङ नै नेपालको प्रशिक्षक रहेका थिए ।
नेपाली टोली:
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर: अमृता जैसी, गीता राना, हीरा कुमारी भुजेल, विमल विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे
मिडफिल्डर: रेणुका नगरकोटे, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी
फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]
March 22, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को युरोप छनोटमा इंग्ल्यान्डले शुक्रवार अल्वानियालाई हराएको छ। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा घरेलु टोलीले २-० को जित निकालेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मायल्स लुवेस-स्केली र ह्यारी केनले गोल गरे । खेलको २०औं मिनेटमा नै जुड बेलिङ्घमले दिलाएको पासमा मायल्सले गोल गरि घरेलु टोलीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको छ। घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीलाई ६-२ को नतिजा सुम्पेको थियो। स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २२ औं र मिनेटमा ८८ औं गोल गरेकी हुन् । २२ […]