1 year ago
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।
टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश भएकी छन् । एसियाली खेलकुदमा घाइते भएकी सरु लिम्बु र रेनुका नगरकोटे पनि टोलीमा फर्केका छन् ।
नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डन विरुद्ध नै पराजित हुन पुगेको थियो । सो खेल नेपालले टाईब्रेकरमा जोर्डनलाई सुम्पिएको थियो।
नेपालले जोर्डन पछि दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश विरुद्ध असार २९ (जुलाई १३) मा खेल्नेछ भने घरेलु टोली लेबनान विरुद्ध श्रावण १ (जुलाई १६) मा प्रतिस्पर्धा गर्नेछ ।
चार टोली सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाईने छ । तालिकामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
टोलीको प्रशिक्षण राजेन्द्र तामाङले गरिरहेका छन् । नेपाली टोली पश्चिम एसियाली (वाफ) च्याम्पियनसिपको उपविजेता बन्दा पनि तामाङ नै नेपालको प्रशिक्षक रहेका थिए ।
नेपाली टोली:
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर: अमृता जैसी, गीता राना, हीरा कुमारी भुजेल, विमल विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे
मिडफिल्डर: रेणुका नगरकोटे, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी
फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]