1 year ago
June 30, 2024
एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा पेरुलाई हराउँदै साविक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समुह विजेता बनेको छ ।
अर्जेन्टिनाले हार्ड रक रंगशालामा पेरुमाथि २-० को जित निकाल्यो । अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले दोस्रो हाफमा गरेका थिए । कप्तान लिओनेल मेस्सी पूरै समय बेन्चमा बसेको खेलमा अर्जेन्टिनाले खेलमा पूर्ण पकड कायम गरेको थियो ।
पहिलो हाफमा पटक पटक गोल गर्न चुकेको अर्जेन्टिनाका लागि दोस्रो हाफको ४७ औं मिनेटमा लौटारोले खाता खोले । उनले एन्जल डी मारियाको पासमा गोल गरेका थिए । ७२ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएपनि लिआन्द्रो पारेडेसको प्रहार पोस्टमा लागेर फर्केको थियो ।
८६ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । उनले डिफेन्सले क्लियर गर्न नसकेको बलमा पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरे । त्यसअघि निको टाग्लीयाफिकोको प्रयास पोस्टभित्र छिरेपनि भीएआरले अफसाइड दिएको थियो ।
यस समूहको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेले । यससँगै चिली भने समूह चरणबाट नै बाहिरियो । अर्जेन्टिनाको ३ खेलमा ९ अंक हुँदा क्यानडाले ४ अंक जोड्यो । चिलीको २ तथा पेरुको १ अंक रह्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]