default_image

1 year ago

July 9, 2024

युरोको फाइनल प्रवेशका लागि फ्रान्स र स्पेन भिड्दै

1507 views

0 Bookmark

एजेन्सी – युरो कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज फ्रान्स र स्पेन भिड्दै छन् । नेपाली समय अनुसार मंगलबार राती १२:४५ बजे सुरु हुने खेल म्युनिखमा हुँदैछ ।

पछिल्लो पटक सन् २००० मा युरो कप उपाधि जितेको फ्रान्स गत केही वर्षमा विश्वकै उत्कृष्ट टोलीमध्ये एक बन्न सफल भएको छ ।

पछिल्लो दुई विश्वकपको फाइनल पुगेको फ्रान्सले यसअघिको युरोमा भने सम्झनलायक प्रदर्शन गरेन । अन्तिम १६ मा नै फ्रान्स स्विट्जरल्यान्डसँग टाईब्रेकरमा रोकिएको थियो ।

राम्रो प्रदर्शनका बाबजुद दोस्रो चरणमा नै घर फर्किनु परेको फ्रान्स यसपटक भने सोचेजस्तो प्रदर्शन नगर्दा समेत सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता भर फ्रान्सले ३ गोल गरेको छ । जसमध्य २ गोल आत्मघाती गोल उपहार रहेका थिए भने एक गोल पेनाल्टी मार्फत भएको थियो ।

स्टार खेलाडी किलियन एमबाप्पे पहिलो खेल देखि चोटग्रस्त भएर खेलिरहेका छन् । त्यसकारण पनि उनको खेलमा निखार देखिएको छैन । डिफेन्सलाइनले भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । फ्रान्सको अग्रपंक्तिको प्रदर्शन भने खल्लो भइरहेको छ ।

स्पेन यसपटक युरोमा सबैभन्दा लोभलाग्दो प्रदर्शन गरिरहेको टोली हो । युवा र अनुभव खेलाडीको समिश्रण रहेको स्पेनले हालसम्म सबै खेल जितेको छ । क्वाटरफाइनलमा जर्मनी विरुद्ध थप समयको अन्त्यतिर गोल गर्दै उच्च मनोबलमा रहेको स्पेन सन् २०१२ पछि पहिलो उपाधिको खोजीमा छ ।

स्पेनका युवा विंगरद्वय निको विलियम्स र लामिन यमालमाथि फुटबल दुनियाको आँखा अडिएको छ । मिडफिल्डमा रोड्रि र फाबियान रुइज पनि उच्च लयमा छन् ।

विजेताले इङ्ल्यान्ड र नेदरल्याण्ड्स विरुद्धको खेलको विजेता विरुद्ध उपाधिका लागि खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.