1 year ago
July 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने एन्फा यु-१८ लिग एन्फाका पूर्व कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको नाममा सञ्चालन हुने भएको छ ।
मंगलबार सामाजिक सञ्जाल मार्फत घोषणा गर्दै एन्फाले एन्फा यु-१८ लिगको नाम आधिकारिक रूपमा ‘ललित स्मृति यु-१८ लिग’ बनाएको हो ।
एन्फाका पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठको सम्झनामा एन्फाले सन् २०१९ मा ललित मेमोरियल यू–१८ प्रतियोगिताको पछिल्लो संस्करण आयोजना गरेको थियो ।
यसका साथै लिगको खेल तालिका ड्र समेत मंगलबार सम्पन्न भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको ड्र अनुसार लिगको उद्दघाटन खेलमा आइतबार न्यू रोड टिम (एनआरटी) र चर्च ब्वाइज भिड्ने भएका छन् ।
युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि एन्फाले असार ३० देखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।
विभिन्न क्लबहरुले यस लिगका लागि छनोट कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । लिगमा १२ टोलीहरू प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिएका छन् ।
लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन् । सहभागी १२ क्लबले डबल राउण्ड रोबिन ढाँचामा एकअर्कासँग खेल्ने एन्फाले जनाएको छ।
खेल तालिका:

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]