1 year ago
July 9, 2024
हिमाल खरेल,बिर्तामोड
झापाले कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
भोजपुरको महिला टिमलाई मंगलबार १-० ले पराजित गर्दै झापा च्याम्पियन बनेको हो । झापाकी जेनिफर मगरले दोस्रो हाफको १५औं मिनेटमा गोल खेलको बनेको थियो ।
फाइनल खेलको प्लेयर अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले २ हजार रुपैयाँ प्राप्त गरिन् ।
झापाकै जसोदा लिम्बू उत्कृष्ट गोलकिपर, भोजपुरकी कमला श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिइ्। झापाकी सिमरन राई उत्कृष्ट मिडफिल्डर, भोजपुरकी कप्तान आरती भुजेल उत्कृष्ट फरवार्ड भइन् ।
झापाका सन्त रायामाझी उत्कृष्ट प्रशिक्षक र खोटाङकी गोलकिपर रिया राई राइजिङ प्लेयर घोषित भइन् । ९ गोल गरेकी झापाकी जेनिफर मगर सर्वाधिक गोलकर्ता बनिन्। उत्कृष्टले समान ३ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाकी जेनिफर मगर भइन् । उनले ३५ हजार रुपैयाँ र ट्रफी पाइन् ।
प्रदेशस्तरीय च्याम्पियन बनेको झापाली टोलीले उपाधिसहित २ लाख र दोस्रो भोजपुरले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी लाई बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, दिक्तेल रुपाकोट मजुवागडी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, दिक्तेल रुपाकोट मजुवागडी वडा नम्बर १४ वडा अध्यक्ष दिनेश राई लगायतले पुरस्कार वितरण गरे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]