10 months ago
July 9, 2024
एजेन्सी – कोपा अमेरिका २०२४ को फाइनल पुग्ने पहिलो लक्ष्यका साथ साविक विजेता अर्जेन्टिना र क्यानडा भिड्दै छन् । खेल नेपाली समय अनुसार बुधबार बिहान ५:४५ बजे न्यूजर्सी स्थित मेटलाईफ स्टेडियममा सुरु हुनेछ ।
यी दुई टोली समूह चरणको पहिलो खेलमा खेलिसकेका छन् । सो खेल अर्जेन्टिनाले २-० ले जितेको थियो ।
दक्षिण र उत्तर अमेरिकी टोली सम्मिलित प्रतियोगितामा क्यानडा एकमात्र बाँकी उत्तर अमेरिकी राष्ट्र रहेको छ । तर साविक विजेता अर्जेन्टिनाका लागि फाइनल यात्रा केही सहज भएको मान्न सकिन्छ । अर्कोतर्फ ब्राजिल, कोलम्बिया र उरुग्वे जस्ता राष्ट्र रहँदा अर्जेन्टिनाले पछिल्लो चरणमा इक्वेडोरमाथि जित्न टाईब्रेकर सहायता लिनुपरे पनि यस यात्रालाई सहज नै मान्नु पर्छ ।
गत खेलमा अर्जेन्टिनाका लागि गोलरक्षक एमी मार्टीनेज नायक बनेका थिए । उनले टाईब्रेकरमा दुई पेनाल्टी बचाएका थिए । स्टार फरवार्ड लियोनेल मेस्सीले आफ्नो पेनाल्टीमा गोल गर्न नसकेपनि अर्जेन्टिना विजयी भयो । पछिल्लो खेलमा चोट सहित खेलेका मेस्सीले राम्रो प्रदर्शन गरेनन् । तर यस खेलमा लागि भने मेस्सी फिट रहेको अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले खेलको पूर्वसन्ध्यामा बताएका छन् ।
अर्जेन्टिनाका लागि ४ गोल गर्दै सर्वाधिक गोलकर्ताका रूपमा लौतारो मार्टीनेज उभिएका छन् । तर अर्जेन्टिनी सञ्चार माध्यमका अनुसार क्यानडा विरुद्ध अर्का फरवार्ड जुलियन अल्भारेज खेल्ने चर्चा छ । तर त्यसका लागि मार्टीनेज बेन्चमा बस्ने नबस्ने भने टुंगो लागेको छैन ।
उता क्यानडाले पनि पछिल्लो चरणमा भेनेजुएला माथि टाईब्रेकरकै सहायता लिनुपरेको थियो । प्रतियोगिता अगाडि क्यानडा यस चरणसम्म पुग्ने धेरैले आँकलन गरेका त थिएनन् होला तर क्यानडा यस स्थानमा उभिएको छ । अर्जेन्टिना पछि प्रतियोगितामा सबैभन्दा धेरै मौका सिर्जना गर्ने टोली क्यानडा नै रहेको छ।
यस खेलको विजेताले कोलम्बिया र उरुग्वे बीचको अर्को सेमिफाइनल खेलको विजेता विरुद्ध उपाधिका लागि खेल्नेछ ।
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]
April 21, 2025
एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]