1 year ago
July 10, 2024
एजेन्सी – स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।
नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
२१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो ।

२५औं मिनेटमा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो । उनले बललाई सुन्दर ढंगले बल नियन्त्रणमा लिएर गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।
त्यस खेलमा कुनै गोल भएन र स्पेन फाइनलमा पुग्न सफल भएको छ ।
स्पेनले अब भोली हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]