default_image

1 year ago

July 10, 2024

आर्मीले यस वर्षपनि डुरान्ड कप खेल्ने

1056 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कप खेल्ने भएको छ । आर्मीले यस वर्ष प्रतियोगिताको १३३औं संस्करणमा आमन्त्रित टोलीका रूपमा खेल्ने भएको हो ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति कार्यालयमा भएको डुरान्ड कप अनावरण कार्यक्रम पश्चात आर्मीको सहभागिता सार्वजनिक भएको थियो ।

आर्मी समूह एफ मा इंडियन सुपर लिगका दुई टोली एफसी गोवा र हैदराबाद एफसी सँगै आईलिग टोली शिलोंग लाजोङ एफसी सँगै रहेको छ । यस समुहका खेल शिलोंगले आयोजक गर्नेछ । खेलहरु जुलाई २७ देखि सुरु हुनेछन् ।

यो त्रिभुवन आर्मी क्लबको लगातार दोस्रो सहभागिता हो । पछिल्लो संस्करणमा पनि आर्मीले सहभागिता जनाएको थियो । सो संस्करणमा ३ खेल मध्य १ बराबरी र २ हार सहित आर्मी समूहको पुछारमा रहेको थियो । आर्मी हैदराबाद र चेन्नाईन सँग पराजित भएको थियो भने दिल्ली एफसी सँग बराबरी खेलेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.