1 year ago
July 17, 2024
गुगलमा ‘द ब्यूटीफुल गेम’ टाइप गरी खोज्नु भयो भने त्यसले फुटबलसँग सम्बन्धित विभिन्न लेख र चित्रतर्फ तपाईंलाई डोर्याउँछ । यही नाम गरेको फिल्म पनि नेटफ्लिक्समा पाईन्छ, जसको विषय फुटबल नै हो । फुटबललाई ‘द ब्यूटीफुल गेम’ भनेर नै विश्वभर भन्ने गरे पछि गुगलले त भन्ने नै भयो । यो बुझाईमा विश्वव्यापी सहमति छ । खासमा सबै खेल नै सुन्दर छन् । सबै खेलको आफ्नै सुन्दरता र विशिष्टता छ ।
सदाझैँ मेरो आलेख फुटबलमा नै केन्द्रित छ । आलेख भन्दा पनि सानो चिर्कटो जस्तो छ ।
समाचार होस् या लेख , अन्तर्वार्ता होस् या चिया गफ, विशेष गरी नेपाली फुटबलको बारेमा पढ्दा होस् या सुन्दा, केही शब्दहरुसँग पंक्तिकारको धेरै अगाडिदेखि असहमति रहीरहेको छ । खेलसँग शब्दको के नै सम्बन्ध रहन्छ र ? भन्ने प्रश्न पनि पाठकहरुमा उठ्ला ।
शब्द आफैंमा शक्तिशाली हुन्छ नि, होइन र ? कसरी नजरअन्दाज गर्न सकिएला र ? सही शब्दको गलत बुझाई र प्रयोगले घाटा नै हुने हो । फुटबल मैदान भित्र मात्र सिमित छैन नि । बारम्बार नेपाली फुटबलमा प्रयोग भइरहने केही शब्दहरुबारे शब्दकोशमा आधारित नरहेर फुटबलको सुगन्धसँग नजिक रहेर सानो छलफल गर्न आज प्रयास गरिएको छ ।
बदला
‘साटफेर’ को पनि नरम अर्थ लाग्ने यो शब्द फुटबलमा धेरै प्रयोग गरिने नकरात्मक शब्द हो । हामी चलनचल्तीमा बदलालाई नकरात्मक अर्थमा प्रयोग गर्छौँ । धेरै त यो युद्ध या झैझगडासँग सम्बन्धित छ । युद्धमा बदला जरुर हुन्छ, फुटबलमा ? बदला लिनलाई त दुश्मन चाहिन्छ । फुटबलमा प्रतिद्वन्दी अवश्य हुन्छ तर दुश्मन हुँदैन ।
फुटबल सुन्दर खेल हो भने कसरी यहाँ बदला शब्द सुहाउला ? अघिल्लो खेलमा पराजित भएको अवस्थामा त्यो टिमलाई अर्को खेलमा पराजित गरे पछि बदला लिएको अर्थमा खुसी हुने कि खेलमा विजेता बनेकोमा खुसी मनाउने ? त्यस माथि फुटबलमा भाइचारा र सम्मानको पनि उच्च स्थान छ ।
फुटबलको मूल्य,मान्यता र विश्वासमा बदलाको अस्तित्व हुनु हुँदैन । फुटबलमा पराजय या जित हुन्छ , बदला हुँदैन । बदला शब्दले फुटबलको सुन्दरतामा कुरुपता मात्र पोतिन्छ ।
उत्पादन
त्यस्ता नेपाली फुटबल प्रशिक्षकहरु र पदाधिकारीहरु विरलै होलान् , जसले नेपाली फुटबलको प्रगतिको लागी खेलाडी ‘उत्पादन’मा जोड नदिएका हुन् । अझ एन्फा एकेडेमीसँग सम्बन्धित प्रशिक्षहरुले त ‘उत्पादन’ शब्द धेरै मात्रामा प्रयोग गरेको पंंक्तिकार स्वयम्ले सुनेको हो । पंक्तिकारको प्रश्न छ , के खेलाडीहरु उत्पादन हुन्छन् ?
उत्पादन त कारखानामा वस्तुहरु हुन्छन् । उत्पादन गर्नलाई खेलाडी वस्तु जस्तो होइनन् । उत्पादन हुने भए त निश्चित समयमा निश्चित तरिकाले निश्चित मात्रामा खेलाडीको उत्पादन चाहे जसरी र चाहे जति भइहाल्थ्यो ।
खेलाडीहरु त विकास हुन्छन् । निरन्तरको लगाव र मिहिनेतले मात्र खेलाडी विकास हुन्छन् । प्रत्येक खेलाडीमा आ–आफ्नै विशिष्ट खेल कौशल रहेको हुन्छ । प्रत्येक खेलाडीको फरक क्षमता र कमजोरी हुन्छ । खेलाडीको उत्पादन होइन, विकास गरौं । उत्पादन शब्दले फुटबल र खेलाडीलाई अनादार गर्दछ ।
काँचो माटो
नेपाली फुटबलको एउटा नक्षत्र हुन् , रोहित चन्द ।
जब उनको खेलले उचाई लिन थाल्यो, तब एन्फा एकेडेमीसँग सम्बन्धित प्रशिक्षकहरुले आ–आफ्नै तरिकाले जस लिन हानथाप गरेको पंक्तिकार स्वयम्ले दशकौं अगाडि प्रत्यक्ष सुनेको हो । धेरैको मत के थियो भने -खासमा रोहितलाई एकेडेमीबाट काँचो माटो हुँदा नै निकाल्न लागेको थियो तर मैले गर्दा निकालिएन । आज यस्तो खेलाडी भएको छ ।
नेपाली फुटबल प्रशिक्षकहरु के भन्छन् भने, जुनियर खेलाडीहरु भनेको काँचो माटो हुन् र उनीहरुलाई प्रशिक्षणले रुप र आकार दिन्छ । यो शब्दसँग पंक्तिकार सहमत छ तर आजको दिनमा आई पुग्दा भने यसको बुझाई र प्रयोगमा असहमत छ ।
फुटबललाई अलिकति गहिरो गरेर बुझ्ने हो भने ठीक उल्टो रहेछ । विश्व फुटबलको प्रतिभाशाली खेलाडीहरुलाई मात्र हेर्ने हो भने काँचो माटो भनेको त उम्दा खेलाडीहरु रहेछन् किनकी उनीहरु फरक दर्शन भएको प्रशिक्षकहरुसँग विभिन्न समयमा खेल्ने गर्नु पर्दछ । काँचो माटो खेलाडीहरु मात्र त्यस्ता उम्दा खेलाडीहरु हुन्छन् , जो फरक प्रशिक्षकको शैली र जिम्मेवारीमा खरो उत्रने गर्दछन् ।
यसैले खेलाडी भनेको त काँचो माटो रहेछन् , जो आवश्यकता अनुसार आफ्नो रुप र आकार परिवर्तन गर्न सक्षम हुन्छन् । जुनियर खेलाडीहरु काँचो माटो होइनन्, विशाल डल्लो माटो हुन् । उनीहरुलाई फुटाएर,केलाएर काँचो माटोको विकसितरुपमा तयार पार्नु पर्छ , जो सँग जुनै आकार दिने क्षमता होस् । एउटा उम्दा खेलाडीको सम्भवतः अन्तिम रुप हो, काँचो माटो । के हामी ग्रासरुट फुटबलमा यसरी नै काम गरी रहेका छौँ त ?
प्रिय पाठकहरु, यदि माथिको शब्दहरुले अन्य खेलहरुलाई पनि समेट्छ भने संयोग हुने छैन ।
यस्तै यस्तै ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]