1 year ago
July 14, 2024
२००८ देखि २०१२ सम्म को स्पेनिश राष्ट्रिय फुटबल टोली इतिहासकै उत्कृष्ट मध्यको टोलीमी पर्ने गर्दछ । २००८ र २०१२ मा युरोपेली च्याम्पियनसिप र २०१० को विश्वकप उपाधि जितेको स्पेन सो समयमा उपाधिका लागि मात्र चर्चामा छैन । त्यस टोलीको मुख्य विशेषता रहेको थियो: सो चार वर्षको अन्तरालमा खेलेको फुटबलको ब्रान्ड ।
टिकी-टाका, यस नामले परिचित सो स्पेनिश टोलीले खेल्ने तरिका हालसम्म पनि उत्कृष्ट मानिन्छ । सोही समयमा पेप गुवार्डीओला बार्सिलोनाको प्रशिक्षक रहेका थिए । उनको बार्सिलोना टोलीसँगै एकैसमयमा स्पेनले खेल्ने गरेको फुटबलले सबैलाई दंग बनाउन खालको रहेको थियो ।
सो समयमा स्पेनी टोलीमा रहेका खेलाडीहरु इतिहासमै सर्वोत्कृष्ट खेलाडीहरु मध्य मानिन्छन् । गोलकिपर इकर क्यासीलास देखि डिफेन्समा सर्जियो रामोस, जेरार्ड पिके, कार्लोस पुयोल, मिडफिल्डमा जाभी, इनिएस्टा, जाबी अलोन्सो सबै फुटबल समर्थकहरु माझ उच्च प्रदर्शन गर्ने खेलाडीका रूपमा रहे ।
तर त्यसपछिको १२ वर्ष भने स्पेनिश टोलीका लागि सम्झनलायक रहेको छैन । तीन उपाधि दिलाएका भिसेन्टे डेल बोस्केकै प्रशिक्षणमा स्पेन २०१४ को विश्वकपको समूह चरणबाट बाहिरियो । २०१६ को युरो कपमा अन्तिम १६ मा इटालीसँग पराजित भयो ।
सन् २०१८ को विश्वकपमा त प्रतियोगिताको केही दिन अघि मात्र प्रशिक्षक जुलेन लोपेटेगुई बर्खास्त भए । प्रतियोगिता सोचेजस्तो रहेन । त्यसपछि आए लुइस इन्रिके । बार्सिलोनाबाट सफलता हासिल गरेका उनले समेत दुई कार्यकालका बीचमा २०२२ सम्ममा स्पेनिश टोलीलाई उपाधि दिलाउन सकेनन् ।
सफलताको केही वर्ष पछि स्पेनिश टोलीका लागि सो समयमा खेलेको फुटबल नै पर्यायवाची रह्यो । लामो समयमा स्पेनले सोही तरिकाको फुटबल दर्साउने निकै कोशिश गर्यो । सोही अनुसारको प्रशिक्षक समेत ल्याईए । तर पुरानो सफलता दोहोर्याउन स्पेन सफल रहेन ।
त्यसपछि आएका लुइस डे ला फुएन्टेले भने आफ्नो पहिलो प्रतियोगितामा नै स्पेनिश टोलीलाई फाइनल पुर्याउन सफल भएका छन् । ६३ वर्षीय उनले यस अघि कुनै सिनियर टोली सम्हालेका थिएनन् । तर पहिलो पटक मै उनले टोलीलाई फाइनल पुर्याएका छन् ।
२०१० तिर सफल स्पेनिश टोलीमा मुख्यतः बार्सिलोना र रियल म्याड्रिडका खेलाडीको बाहुल्यता रहेको थियो । दुई महारथीका खेलाडीहरु भएका कारण सो टोलीले सफलता पाएको धेरैले बुझ्ने गरेका छन् । तर हाल युरो कप फाइनलमा पुगेको स्पेनिश टोलीमा भने कुनै एक टोलीको खेलाडीको बाहुल्यता रहेको छैन ।
सेमिफाइनलमा खेलेको सुरुवाती ११ मा १० वटा क्लबका खेलाडी रहेका थिए । त्यसमा साउदी लिगमा खेलिरहेका डिफेन्डर एमेरिक लापोर्ट समेत रहेका छन् । त्यसमाथि टोलीका दुई युवा विंगर: १६ वर्षीय लामिन यमाल र २२ वर्षीय निको विलियम्सले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
चार वर्षको सफलता पछि स्पेनिश लिगमा सोही अनुरूपका प्रशिक्षकहरु आएको पाइन्छ । हाल ला लिगा टोलीहरू, थोरैलाई छोडेर, आर्थिक रूपमा ग्रस्त छन् । यद्यपि, एकेडेमी स्तरबाट उनीहरूको फुटबलको आधारभूत कुराहरूले उनीहरूलाई निरन्तर प्रतिभा उत्पादन गर्न र उनीहरूलाई निरन्तरता दिन मद्दत गरेको छ ।
आधारभूत कारणले गर्दा यस पटक फाइनलमा पुगेको टोलीले निर्बाध रूपमा खेलेको छ । प्रतियोगिता अघि स्पेनलाई उपाधि दावेदारका रूपमा कमैले हेरेका थिए । प्रतियोगिताको केही खेल देख्दा र अन्य दावेदार टोलीले सोचे अनुरूप प्रदर्शन गर्न नसक्दा स्पेन बिस्तारै दावेदारका रूपमा उभिएको थियो । त्यसमाथि सेमिफाइनलमा फ्रान्स विरुद्ध जमाएको प्रभूत्वका कारण स्पेन बलियो टोलीका रूपमा फाइनलमा उभिएको छ ।
प्रशिक्षक डे ला फुएन्टेले यसअघि सिनियर टोलीको व्यवस्थापन नगरेको भए पनि आफ्ना टोलीहरूलाई अर्को चरणमा लैजान सफल भएका छन् । उनले प्रशिक्षण गरेको प्रत्येक टोली कम्तिमा सेमिफाइनलमा पुग्न सफल रहेको छ ।
डे ला फुएन्टेले खेलको पूर्वसन्ध्यामा कुरा गर्दै भने, “हामीले सुरुदेखि नै परिप्रेक्ष्य गुमाएको छैनौं। हामीलाई थाहा छ कि विश्लेषण कसरी हुन्छ । भोलिको खेलमा कुनै टोली दावेदार छैन ।”
स्पेन, राष्ट्रको अपेक्षा सहित, आफ्नो काँधबाट ठूलो भार उठाउन चाहन्छ । २०१० वरपरको सुनौलो पुस्ताले यस पटक आफैंलाई अनुकरण गरेको जस्तो देखिन्छ । यसो भन्दै स्पेनको यो टोलीले आफ्ना खेलाडीलाई स्वतन्त्रता दिएको छ र खेलाडीको व्यक्तित्वको पूर्ण रूपमा प्रयोग गरेको छ ।
इङ्ल्यान्ड पनि उत्कृष्ट खेलाडीहरुले भरिपूर्ण छ । पछिल्लो समय आलोचनाका बाबजुद इंग्ल्याण्ड अर्को फाइनलमा पुग्न सफल भएको छ । इङ्ल्यान्डसँग विश्वका उत्कृष्ट खेलाडीहरू छन् जसले नतिजा निर्धारण गर्न सक्छन् । तर स्पेनको लागि, यो सामूहिक प्रदर्शन नै जितको आधार बन्नेछ । युवा शक्ति र अनुभवी खेलाडीहरुले भरिपूर्ण यस टोली १२ वर्षमा आफ्नो पहिलो उपाधि को लागी खेल्दैछ छ । सुनौलो पुस्तालागि पछ्याउँदै राष्ट्रका लागि
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]