default_image

1 year ago

July 15, 2024

रोड्री युरो कपको उत्कृष्ट खेलाडी

2471 views

0 Bookmark

एजेन्सी – स्पेनका मिडफिल्डर रोड्री युईएफए युरो कप २०२४ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । स्पेनले प्रतियोगिताको उपाधि जितेसँगै रोड्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

रोड्रीले स्पेनका ७ मध्य ६ खेलमा सुरुवाती रोजाइमा रहेर खेले । उनको फाबियान रुइज मिलेर स्पेनको मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । डिफेन्सिभ मिडफिल्डर उनले जर्जिया विरुद्धको खेलमा गोल समेत गरेका थिए । इङ्ल्यान्ड विरुद्धको फाइनल खेलमा भने चोटका कारण उनले मध्यान्तरमा मैदान छाडेका थिए ।

उत्कृष्ट खेलाडीको उपाधि जितेपछि रोड्रिले भने, ‘यो सायद मेरो करियरको उत्कृष्ट दिन हो । हामी युरोपेली च्याम्पियन भयौं । हामी युरोपको सबैभन्दा सफल राष्ट्रिय टोली बन्यौं । हामीले चार भूतपूर्व विश्व च्याम्पियनलाई हराएर इतिहास रचेका छौं। हामीले सबैभन्दा कठिन ड्रबाट गुज्र्यौं र यसले टोलीको मानसिकता देखाउँछ ।’

यस्तै स्पेनकै लामिन यमालले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते । प्रतियोगिता अवधिभर १७ वर्षीय यमालले १ गोल र ४ असिस्ट गर्न सफल रहे ।

इङ्ल्यान्डलाई २-१ ले हराउदै स्पेनले चौथो पटक युरो कप उपाधि जितेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.