1 year ago
July 15, 2024
एजेन्सी – स्पेनका मिडफिल्डर रोड्री युईएफए युरो कप २०२४ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । स्पेनले प्रतियोगिताको उपाधि जितेसँगै रोड्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
रोड्रीले स्पेनका ७ मध्य ६ खेलमा सुरुवाती रोजाइमा रहेर खेले । उनको फाबियान रुइज मिलेर स्पेनको मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । डिफेन्सिभ मिडफिल्डर उनले जर्जिया विरुद्धको खेलमा गोल समेत गरेका थिए । इङ्ल्यान्ड विरुद्धको फाइनल खेलमा भने चोटका कारण उनले मध्यान्तरमा मैदान छाडेका थिए ।
उत्कृष्ट खेलाडीको उपाधि जितेपछि रोड्रिले भने, ‘यो सायद मेरो करियरको उत्कृष्ट दिन हो । हामी युरोपेली च्याम्पियन भयौं । हामी युरोपको सबैभन्दा सफल राष्ट्रिय टोली बन्यौं । हामीले चार भूतपूर्व विश्व च्याम्पियनलाई हराएर इतिहास रचेका छौं। हामीले सबैभन्दा कठिन ड्रबाट गुज्र्यौं र यसले टोलीको मानसिकता देखाउँछ ।’
यस्तै स्पेनकै लामिन यमालले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते । प्रतियोगिता अवधिभर १७ वर्षीय यमालले १ गोल र ४ असिस्ट गर्न सफल रहे ।
इङ्ल्यान्डलाई २-१ ले हराउदै स्पेनले चौथो पटक युरो कप उपाधि जितेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]